काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।
आज धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अंकले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो ।
आज ३३४ कम्पनीको एक करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर ७६ हजार २८ पटक खरिदबिक्री हुँदा छ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सामूहिक लगानीबाहेक सबै समूहको उपसूचक बढेका छन् ।