११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ

न्युजलय १६ असोज २०८०, मङ्गलबार ०९:३३ मा प्रकाशित

काठमाडौं । दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ परेका छन् ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट एक चिनियाँ नागरिक र दुई नेपालीलाई पक्राउ गरेको हो ।


सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीकाअनुसार सनत प्रधान र लालबहादुर तामाङ सुन बिक्री गर्ने ग्राहक खोज्न संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । यस्तै पक्राउ परेका चिनियाँ नागरिकले काठमाडौंमा सुनको व्यवस्थान गर्ने गरेको सीआईबीको दाबी छ ।


गत बुधबारयता तीन दिनमा दोलखाबाट ११ किलो सुन बरामद भएको थियो ।  यसअघि यस प्रकरणमा सात जना पक्राउ परेका थिए ।