मंकिपक्सको कारण डब्ल्यूएचओद्वारा स्वास्थ्य संकटकाल घोषणा

न्युजलय ८ साउन २०७९, आइतबार ०६:५९ मा प्रकाशित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकिपक्सका बिरामी फैलिरहेको भन्दै विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ।

मंकिपक्सका बिरामीको संख्यामा आएको तिब्र वृद्धिपछि डब्ल्यूएचओले यस्तो अलर्ट जारी गरेको हो। विश्वभरका ७५ देशमा मंकिपक्सका १६ हजार बिरामीहरु पत्ता लागेका छन् । यसबाट अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरस र पोलियोको संकटकाल जारी रहेको समयमा मंकिपक्सको पनि संकटकाल घोषणा गरिएको हो ।