दुईवटा ट्रक एक आपसमा ठोक्किदा तीनजनाको मृत्यु, ट्रक जलेर ध्वस्त

न्युजलय २३ असार २०८०, शनिवार ११:५४ मा प्रकाशित

हेटौडा । मकवानपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । 

मनहरीमा ना ६ ख ६६६७  र ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठोक्किदा तीनजनाको मृत्यु भएको हो । सो ट्रक एक आपसमा ठोक्किदा ट्रक भने जलेर ध्वस्त भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो दुर्घटनामा परी चितवन राप्ति नगरपालिका– ८ का रिहान रुम्बा, सोही गोरखा गण्डकी गाउँपालिका– २ गोर्दीटारका सुमन चेपाङ र मनहरी गाउँपालिका ३ का अमृत प्रजाको मृत्यु भएको छ ।

अन्य दुई जना गम्भिर घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।