बढ्यो सुनचाँदीको मूल्य

न्युजलय १९ जेठ २०७९, बिहिबार १२:०३ मा प्रकाशित

काठमाडौं। बिहीबार(आज) सनुचाँदीको मूल्यमा वृद्धि भएको छ।

आज छापावाल सुन प्रतितोला चार सय रुपैयाँले बढेर ९७ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यस्तै तेजाबी सुनको मूल्य आज प्रतितोला ९७ हजार एकसय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी चाँदीको मूल्यमा पनि आज सामान्य वृद्धि भएको छ। आज चाँदी बुधबारको तुलनामा १५ रुपैयाँले वृद्धि भएर एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।