आज १५ चैत्र २०८२ आइतवारको राशिफल

न्युजलय १५ चैत २०८२, आइतबार ०६:२२ मा प्रकाशित

मेष  । दिन ऊर्जावान र सकारात्मक रहनेछ। नयाँ काम सुरु गर्नको लागि राम्रो समय रहेको छ। आत्मविश्वासमा वृद्धि हुनेछ साथै नेतृत्व गर्ने क्षमता प्रकट हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

वृष । नयाँ अवसरहरू आउनेछन् र सामाजिक दायरामा विस्तार हुनेछ। साथीभाइसँग रमाइलो समय व्यतीत हुनेछ। व्यापार र करियरमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन । भावनात्मक रुपमा संवेदनशील हुन सक्नुहुन्छ त्यसैले आफूलाई सन्तुलित राख्ने प्रयास गर्नुहोस्। परिवारको सहयोगले मनोबल उच्च रहनेछ। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट । समाजमा मान प्रतिष्ठा बढ्नेछ र प्रेम जीवनमा सकारात्मक परिवर्तन आउनेछ। आर्थिक रूपमा दिन लाभदायी रहनेछ। बोली प्रभावशाली रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ

सिंह । काममा ढिला सुस्ती हुन सक्छ जसले गर्दा तनाव बढ्न बढ्नेछ। कार्यक्षेत्रमा धैर्य वा संयमता अपनाउनुहोस्। स्वास्थमा कमजोरीको अनुभूति हुनेछ खानपानमा ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

कन्या । कुनै पनि निर्णय लिनुभन्दा अघि सकारात्मक विश्लेषण गर्नुहोस्। सहकर्मीहरूको सहयोग मिल्नेछ। आर्थिक पक्ष राम्रो रहनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

तुला । नोकरी वा पेशामा उच्च अधिकारीहरूको सहयोग पाइनेछ। प्रेम सम्बन्ध प्रगाढ रहनेछ। नयाँ योजनाहरू प्रारम्भ गर्न उपयुक्त समय रहेको छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक । चुनौतीहरूलाई पन्छ्याउँदै अगाडि बढ्ने अवसर मिल्नेछ। धर्मकर्ममा मन जानेछ। गोप्य कुराहरू साझा गर्नदेखि बच्नुहोस्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

धनु । आजको दिन सकारात्मक रहनेछ। करियरमा उन्नति प्रगतिका संकेत छन्। कार्यक्षेत्रमा गोपनीयता भंग हुनाले समस्या व्यहोर्नुपर्ला। स्वास्थ्यप्रति सजग रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मकर । उद्योग व्यापार विशेष फाइदा हुनेछ। गरिएको कार्यबाट छोटो समयमा उचित प्रतिफल पाइनेछ। मेहनतले दाम, नाम र इनाम दिलाउनेछ। शत्रुहरू परास्त हुनेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

कुम्भ । कार्यक्षेत्रमा लगनशीलताले जटिल काम सम्पादन गर्न सकिनेछ। प्रतिस्पर्धीहरू पनि सम्झौता गर्न सक्छन्। शुभचिन्तकहरूको सहयोग जुट्नाले चिताएको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन । सृजनात्मक कार्यमा व्यस्तता बढ्नेछ। नयाँ विचारहरू आउनेछन् जसले तपाईंको कामलाई नयाँ दिशा दिनेछ। मित्रबाट सहयोग र समर्थन मिल्नेछ। आर्थिक रुपमा स्थिति राम्रो रहनेछ। प्रेम जीवनमा समझदारी बढ्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

स्रोत हाम्रोपात्रो