फिल्म ‘गणपति’को ट्रेलर सार्वजनिक

न्युजलय ३० साउन २०८०, मङ्गलबार ०१:१७ मा प्रकाशित

काठमाडौं । फिल्म ‘गणपति’को ट्रेलर सार्वजनिक भएको छ । 

एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकाल र युवावस्थामा आउने उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । फिल्मलाई सविन अधिकारीले निर्देशन गरेका छन् ।

फिल्ममा कोही व्यक्ति कुनैबेला त्यही समाजको भगवान बन्छ भने सोही व्यक्तिलाई हाम्रै समाजले कसरी नारकीय व्यवहार गर्छ भन्ने विषयवस्तु उठाइएको छ ।

‘गणपति’मा निर्देशनसँगै लेखन पनि अधिकारीको छ । मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतले फिल्ममा अभिनय गरेका छन् ।