काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले टिकटक प्रतियोगिता आयोजना गरेको छ ।
बडादशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
यस प्रतियोगितामा भाग लिन प्रतिस्पर्धीहरूले ‘तिमी यो दशैंमा के गर्छौ ?’ भन्ने विषयमा आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने हुन्छ । जसका लागि कम्पनीले सार्वजनिक गरेको ‘तिमी यो दशैंमा के गर्छौ ?’ नामक यस टिकटककोजिङ्गल भिडियो बनाउनुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरू छनोट गरी प्रथम, द्वितीय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ ।
प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यही कात्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन पाउने छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. तीस हजार, द्वितीयलाई रु. बीस हजार र तृतीयलाई रु. दश हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।