माछालाई लगाएको करेन्ट आफैंलाई लागेर एक जनाको मृत्यु

न्युजलय ४ जेठ २०८१, शुक्रबार ०१:५९ मा प्रकाशित

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका २ ज्यामिरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानीय कागुवा खोलामा माछालाई लगाएको करेन्ट आफैंलाई लाग्दा स्थानीय २४ वर्षीय छेम्बी शेर्पाको मृत्यु भएको हो ।

ब्याट्रीको प्रयोग गरी खोलाको माछालाई लगाएको करेन्ट आफैँलाई लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।