गौरादहमा तीनवटा सहकारीमा तोडफोड र चोरी

न्युजलय २१ चैत २०८०, बुधबार १०:४८ मा प्रकाशित

दमक । झापाको गौरादहमा एकै रात तीनवटा सहकारीमा तोडफोड र चोरी भएको छ । 

गौरादह –५  स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानीझोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवा केन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरि नगद चोरी भएको जनाइएको छ ।

स्कुलचौनको जनहित सहकारीबाट सात लाख रुपियाँ सेफमा रहेको र सबै चोरी भएको बताइएको छ । यसैगरी, चप्रामारीको महारानीझोडा सेवा केन्द्रबाट ८५ हजार र साना किसान सहकारीबबाट ५४ हजार चोरी भएको बताइएको छ ।

एकैरातमा तीनवटा सहकारी संस्थाहरुमा चोरी भएपछि स्थानीयहरुले सुरक्षा बढाउन माग राखेका छन् ।