डुंगा पल्टिँदा ५१ जनाको मृत्यु, ६९ बेपत्ता

न्युजलय २३ असोज २०७८, शनिवार १०:४१ मा प्रकाशित

कंगो । डुंगा दुर्घटना हुँदा कंगोमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । अरु ६९ जना हराइरहेका छन् ।

उत्तरपश्चिम प्रान्त मोंगलास्थित नदीमा पुरानो काठको डुंगामा धेरै संख्यामा यात्रु भएकाले पल्टिएको हुनसक्ने बताइएको छ । दुर्घटनापछि ३९ जनाको जीवीतै उद्वार गरिएको अधिकारीहरुले बताएका छन् ।

मोंगला प्रान्तका अधिकारीहरुकाअनुसार क्षमताभन्दा धेरै यात्रु भएकाले डुंगा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।