बालिका बलात्कार आरोपमा एक वृद्ध पक्राउ

न्युजलय ५ बैशाख २०८१, बुधबार १०:५७ मा प्रकाशित

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा एक बालिकालाई बलात्कार गरेको आरोपमा वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका–२ का ६४ का दिलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

उनलाई खाँदबारी नगरपालिका १ स्थित बसर्पाकबाट पक्राउ गरेको हो । विभिन्न प्रलोभनमा पारी पटकपटक २०८० साउन २० गतेसम्म बलात्कार गरेको आरोपमा पीडित परिवारले उजुरी दिएका थिए ।

पक्राउ परेका श्रेष्ठमाथि जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।