काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ।
नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै प्रतियोगिताको फाइनल सम्भावना बलियो बनाएको छ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४६ रनको इनिङ खेल्दा गुल्सन झाले ३८ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले १२ रन बनाएका थिए। नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले ३ विकेट लिँदा आर्यन दत्तले १ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुँदै १ सय २० रन बनाएको थियो ।
नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिँदा करण केसी र कुशल मल्लले समान २–२ विकेट लिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए।
अब लिग चरणको अन्तिम खेलमा नेदरल्यान्ड्स र नामिबिया प्रतिस्पर्धा गर्ने छन्। उक्त खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले हराए मात्र नेपालले फाइनलको अवसर गुमाउने छ। अन्यथा नेपाल फाइनल प्रवेश गर्नेछ।