साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल पराजित

न्युजलय २१ माघ २०७९, शनिवार १२:५० मा प्रकाशित


काठमाण्डौ । साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित भएको छ । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली बङ्लादेशसँग ३–१ गोलले पराजित भएको हो ।

राजधानी ढाकामा भएको खेलमा घरेलु टोलीका लागि मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले गोल गरे । नेपालका लागि मनमाया दमाईले एक गोल गरिन्। च्याम्पियनसिपको उद्घाटन खेलमा भारतले भुटानलाई १२–० गोलले हरायो ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक बङ्लादेश, भारत र भुटान सहभागी छन् ।