२०७८ साल माघ ६ गते बिहिबार

शाहरूख खानलाई घरमा बम पड्काइदिने धम्की

न्युजलय २६ पुस २०७८, सोमबार ०३:४१ मा प्रकाशित

काठमाण्डौ । बलिउड अभिनेता शाहरूख खानलाई धम्की दिने व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यम कोइमोइका अनुसार गत जनवरी ६ तारिकमा एक व्यक्तिले फोन गरेर शाहरूखलाई धम्की दिएका थिए।

ती व्यक्तिले आफूले बम बोकिरहेको र शाहरूखको घरमा पड्काउने भनेका थिए। यो खबर पाउनासाथ प्रहरीले तत्कालै यसबारे खोजबिन गरेको थियो। 

कोइमोइका अनुसार त्यो फोन मध्य प्रदेश जबलपुर जिल्लाबाट आएको पत्ता लाएपछि मुम्बई प्रहरीले तत्कालै जबलपुर प्रहरीसँग समन्वय गरको थियो। अनि ती व्यक्तिका बारेमा थप विवरण मागेको थियो।

प्रहरीले शाहरूखको घरमा बम पड्काउने धम्की दिएको आरोपमा जितेश ठाकुरलाई पक्राउ गरेको छ। जितेशलाई उनको घरबाटै पक्राउ गरिएको हो।