सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड

न्युजलय २१ बैशाख २०८०, बिहिबार ०५:०६ मा प्रकाशित

काठमाण्डौ । बिहीबार(आज) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। आज सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ पुगेको छ। 

अघिल्लो कारोबार दिन अर्थात् बुधबार तोलामा एक हजार आठ रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। 

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।