काठमाडौं । आइतबार(आज) नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
आज नेप्से परिसूचक १.९३ विन्दुले वृद्धि भएर २०११.३९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स ०.०२ प्रतिशतले बढेर ३८५.९३ विन्दुमा पुगेको छ।
आज २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता सेयर १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रुपैयाँमा खरिदबिक्री भयो।
सामान्य अंकले बढेको सेयर बजारमा आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन। कारोबार रकमका आधारमा आज अपर तामा कोशी शीर्षस्थानमा रह्यो।
सो कम्पनीको ६ करोड ४ लाख मूल्य बढीको सेयर कारोबार भयो। हिमालय डिस्टिलरीको ४ करोड ७६ लाख मूल्य बढीको सेयर कारोबार भयो।