काठमाडौं । पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृङ्खला खेलेको नेपाल तेस्रो खेलमा युगान्डाविरुद्ध आज (बिहीबार) खेल्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उत्रदै गर्दा नेपाल श्रृंखला जित्ने प्रतिस्पर्धामा रहिरहनाका लागि जित्नै पर्ने दबाबमा छ।
पाँच खेलको सिरिजमा नेपालले यसअघिका दुई खेलमा हार व्यहोरेका कारण सिरिजमा टिक्नका लागि आज जित्नै पर्ने दबाब छ। रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा युगान्डासँग १२ रनले पराजित हुँदा एक विकेटले पराजित भएको थियो।
पहिलो खेलमा नेपालकी अस्मिना कर्माचार्यले डेब्यु गरेकी थिइन्। नेपाल र युगान्डाबीचको शृङ्खला पाँच खेलको हुनेछ। नेपाली महिला टिमले घरेलु मैदानमा खेलेको यो पहिलो शृङ्खला हो।