२०७८ साल कार्तिक ७ गते अाईतबार

रामायणका रावणको निधन

न्युजलय २० असोज २०७८, बुधबार ०४:३५ मा प्रकाशित

काठमाडौँ । रामायणमा रावणको चरित्रमा अभिनय गरेका बलिउड अभिनेता अरविन्द त्रिदेवीको निधन भएको छ ।

ह्रदयघातका कारण ८२ वर्षीय अभिनेताको बुधबार(आज) बिहान निधन भएको हो । रामायणका सह–अभिनेता सुनील लहरीले सामाजिक सञ्जाल इन्स्टाग्राममा उनको मृत्यु भएको जानकारी दिएका हुन् ।

केही वर्षयतादेखि उनी बिरामी थिए । तीन वर्षमा उनको स्वास्थ्य अवस्था झनै खराब भएको थियो । एक महिनाअघि मात्रै उनी अस्पतालबाट घर फर्केका थिए ।