पढाई सुचारुको माग राख्दै वीपी प्रतिष्ठानका विद्यार्थीहरू रिले अनसनमा

न्युजलय २४ माघ २०८०, बुधबार १२:४९ मा प्रकाशित

धरान  । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरू पढाई सुचारुको माग गर्दै रिले अनसनमा बसेका छन् ।

६ दिनदेखि विद्यार्थीहरूले पूर्ण क्षमतामा पठनपाठन र परीक्षा सञ्चालनका गतिविधिहरू यथाशीघ्र सञ्चालन गरेर संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै रिले अनसनमा बस्दै आएको विद्यार्थी कल्याण समाजले जनाएको छ ।

२४ दिनदेखि शिक्षक, कर्मचारी र चिकित्सकहरू बढुवा प्रक्रियाको माग गर्दै प्रतिष्ठानमा पठनपाठन अवरुद्ध गर्दै आएपछि प्रतिष्ठानका विद्यार्थीहरूले विद्यार्थीहरूले पढ्न पाउनुपर्ने माग राख्दै बाध्य भएर रिले अनसनमा बसेको बताइएको छ ।