बढ्यो सुनको मूल्य

न्युजलय २ असार २०७९, बिहिबार ११:४३ मा प्रकाशित

 काठमाडौं । विहीबार(आज) सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । 

हिजो बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

हिजो बुधबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।