सुनचाँदीको मूल्यमा गिरावट

न्युजलय ३० चैत २०८२, सोमबार ११:२७ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन आइतबार २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । चाँदी प्रतितोला ७५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा आज ४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।