इटहरी । टोल विकास लघु उद्यम सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजेन्द्र केशरी घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको १२ औं साधारणसभाबाट उनी अध्यक्षमा चुनिएका हुन् ।
यस्तै उपाध्यक्षमा बेदनाथ भेटवाल (राजन) र सचिवमा टंक प्रसाद पोखरेल चयन भएका छन् । यस्तै सदस्यहरुमा सन्जीव ढुङ्गाना, मेघराज श्रेष्ठ, कुमारी न्यौपाने, युवा कुमारी श्रेष्ठ, लेखनाथ अधिकारी, कमल गौतम, सोभा बानिया, पार्बता बराईलि, कृष्ण बहादुर थापा, कृष्ण दंगाल चयन भएका हुन् ।
त्यसैगरी लेखा समिति तर्फ सम्योजकमा तुलसी प्रसाद कोइराला, सदस्यमा राजन घिमिरे र आशा शर्मा भट्टराई नियुक्त भएका छन् ।