सेयर बजारमा हरियाली

न्युजलय ७ साउन २०८२, मङ्गलबार ०४:०९ मा प्रकाशित

 काठमाडौं । सेयर बजारमा उछाल आएको छ। साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० विन्दुमा उक्लिएको छ। सेन्सेटिभ इन्डेक्स १४.४८ अंकले बढेर ५१६.९८ विन्दुमा पुगेको छ।

नेप्से उच्च अंकले बढ्दा कारोबार रकम पनि सोमवारको तुलनामा बढेको छ। यसदिन ३१९ स्क्रिप्सको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ रुपैयाँमा खरिद बिक्री भए।

यसदिन तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।