नेपालका समर्पण लामा बने, ‘इन्डियाज् बेस्ट डान्सर ३’ विजेता

न्युजलय १४ असोज २०८०, आइतबार ०९:१२ मा प्रकाशित

काठमाडौं । नेपालका समर्पण लामा भारतको डान्स रियालिटी शो ‘इन्डियाज् बेस्ट डान्सर सिजन ३’ को विजेता बनेका छन् । 


शनिबार भएको फाइनलमा लामाले सिवांशु सोनी, विपुल काँडपाल, अंकित चौहान, अञ्जली मामगाईलाई पछि पार्दै उपाधि जितेका हुन् । 


उपाधि जिते सँगै समर्पणले ट्रफीसहित १५ लाख भारू र उनका कोरियोग्राफर भावना खन्डुजाले ५ लाख भारू पुरस्कार प्राप्त गरेका छन् । चितवनका 


समर्पण आमा र भाइ सँगै चितवनमा बस्छन् भने उनका बुवा रोजगारको शिलशिलामा विदेशिएका छन् ।