पेरिस । अर्जेन्टिनाले आफ्नो उत्कृष्ट लय कायम राख्दै आइतबारको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा इस्टोनियालाई ५–० ले पराजित गरेको छ । अर्जेन्टिनाका सबै पाँच गोल लियोनल मेसीले गरे ।
उनले आठौं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेयता ४५, ४७, ७१ र ७६ औं मिनेटमा गोल थपे । अर्जेन्टिनाले त्यस अगाडि युरोपेली च्याम्पियन इटालीलाई पनि ३–० ले हराएको थियो ।
यस्तै, आइतबारकै अन्य मैत्रीपूर्ण खेलमा कोलम्बियाले साउदी अरेबियालाई र पेरुले न्युजिल्यान्डलाई समान १–० ले हरायो । नेसन्स लिगका खेलमा भने पोर्चुगलले स्विट्जरल्यान्डलाई ४–० ले हरायो र त्यसमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।
अर्को महत्त्वपूर्ण खेलमा स्पेन र चेक गणतन्त्रले २–२ को बराबरी खेले ।