इटहरीमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु

न्युजलय २९ फाल्गुण २०८०, मङ्गलबार ११:४७ मा प्रकाशित

इटहरी । इटहरीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

सोमबार साँझ इटहरी १ पीपल चौकस्थित राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४० प ४४८३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इटहरी २ बस्ने ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा सोमबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

पैदलयात्री रहेकी वृद्धाको तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सोही मोटरसाइकलकको ठक्करले मृतकका छोरा ५८ वर्षीय गोविन्दबहादुर बोहोरा घाइते भएका छन् । उनको विराट टिचिङमै उपचार भइरहेको छ ।

मोटरसाइकल चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ