आज विश्व रङ्गमञ्च दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

न्युजलय १३ चैत २०७८, आइतबार ०८:५० मा प्रकाशित

काठमाडौं । आज विश्व रङ्गमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।


समाजका विकृति–विसङ्गतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्षको मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको छ।


सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो । सन् १९६२ मा पहिलो विश्व रङ्गमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए ।


केही वर्षयता नेपालमा रङ्गमञ्चप्रति आकर्षण बढ्दै गएको पाइएको छ ।