मेष । वैदेशिक रोजगारमा सफलता मिल्नेछ। अस्वस्थ्य अवस्थामा पनि काममा खटिनुपर्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। शुभचिन्तक वा गुरुवर्गहरूको साथ पाइनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
वृष । आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार विस्तारलाई लिएर बनाएका योजनाहरू क्रियान्वित गर्ने समय रहेको छ। परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन । सेवामूलक कामबाट लाभ मिल्नेछ। नोकरी वा पेशामा अरुको जिम्मेवारी पनि वहन गर्नुपर्ला। पिताको सहयोगले रोकिएको कार्य सम्पादन हुनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ३ रहेको छ।
कर्कट । उच्च शिक्षालाई लिएर विदेशतिर ताक्नेहरूको लागि सकारात्मक संकेतको योग छ। धार्मिक यात्रा सफल रहनेछ। दिन रमाइलो वा मनोरञ्जनात्मक रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह । आध्यात्मिक ज्ञानमा रुचि बढ्नेछ। अधिनस्थ वा शुभचिन्तकहरूसँग मिठो बोलिको प्रयोग गरौं। धैर्यताको कमीले आयको अवसर गुमाउनुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
कन्या । व्यापार व्यवसायमा राम्रो फड्को हात मार्न सकिनेछ। परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। जीवनसाथीबाट उपहार प्राप्त होला। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।
तुला । आशावादीहरूले झुक्याउन सक्लान् सावधान रहनुहोस्। नयाँ नोकरीको इन्टरभ्यु आदिमा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक । शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। मनमा चञ्चलता बढ्नाले एकाग्रताको कमी रहनेछ। यात्रा लाभदायी र मनोरञ्जनपूर्ण रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
धनु । पारिवारिक वादविवाद सुल्झाउन उपयुक्त समय रहेको छ। खर्च बढ्नाले आर्थिक पक्ष कमजोर रहनेछ। कुनै विशेष कामको सफलताले मन ढुक्क रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
मकर । गुप्त योजनाहरू सार्वजनिक नगर्नुहोला। भाग्यको साथ मिल्नेछ। आँटेको कार्य समयमा सम्पादन गर्न सकिनेछ। कानुनी वा आर्थिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ । आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। रचनात्मक कार्यमा रुचि बढ्नेछ। भाषण वा अभिव्यक्ति कलामा निखार आउनेछ। उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
मीन । चल र अचल दुवै सम्पत्तिको उपयोगबाट फाइदा उठाउन सकिनेछ। पहिला गरेको कामबाट प्रशस्त लाभ उठाउन सकिनेछ। समाजमा मान प्रतिष्ठामा वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
स्रोत हाम्रोपात्रो