८० किलो गाँजासहित सुनसरीबाट २ जना पक्राउ​​

न्युजलय ९ माघ २०८०, मङ्गलबार १२:४९ मा प्रकाशित

सुनसरी । ८० किलो गाँजासहित ‍‍‍‍‍‍‍‍‍‍‍‍‍सुनसरीबाट २ जना पक्राउ​​ परेका छन् । पक्राउ पर्नेमा धरान –११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय रामबहादुर राई छन् ।

उनीहरूलाई सुनसरीको देवानगन्ज गाउँपालिका –६ नहरचोकबाट करिब ८० किलो गाँजासहित सोमवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।