नेप्से परिसूचक १५.७० अंकले बढ्यो

न्युजलय ३ मङ्सिर २०८२, मङ्गलबार ०३:३३ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबारमा आएका २०७ कम्पनीको शेयर भाउ बढेपछि नेप्से परिसूचक १५.७० अंक बढेर २५६६.०७ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। सोमबार ३ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १।२८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।