काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्। आफूले नागरिकता पाएपछि अक्षयले ट्विटरमार्फत जानकारी दिएका हुन्।
यसअघि अक्षय कुमार क्यानाडाका नागरिक थिए। उनले भारतीय नागरिकताको प्रमाणपत्रको तस्बिर सार्वजनिक गर्दै खुसी प्रकट गरेका छन्।
अक्षय कुमारले उक्त तस्बिरसँगै लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।’