‘प्रेमगीत ३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक (भिडियोसहित)

न्युजलय ३ भदौ २०७९, शुक्रबार ०१:२९ मा प्रकाशित

काठमाण्डौ । फिल्म ‘प्रेमगीत ३’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ।

कृष्ण जन्माष्टमीको अवसर पारेर नेपाली र हिन्दी संस्करणमा दोस्रो टिजर सार्वजनिक गरेको हो।

सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म पहिलोपटक नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो।

एक साताअघि फिल्मको पहिलो हिन्दी र नेपाली संस्करणको टिजर सार्वजनिक गरिएको थियो। पहिलो टिजरमा प्रेम र राजगद्दीमध्ये एक रोज्नु पर्ने बाध्यता देखाइएको थियो भने दोस्रो टिजरमा प्रेमलाई जनताको रक्षकको रुपमा प्रस्तुत गरिएको छ। 

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

फिल्म असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन  हुनेछ।