इटहरी । इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा मंगलबार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा एक जना पैदलयात्री मृत्यु भएको छ।
मृत्यु हुनेमा भोजपुरका ५२ बर्षीय जय बहादुर राई रहेका छन्।
धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–०२९ च ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाईते भएका भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बिपी प्रतिष्ठान धरानमा मृत्यु भएको हो।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।