काठमाडौं । रुसको तातारस्तान क्षेत्रमा एक शहर नजिक एल–४१० विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।
आइतवार(आज) भएको विमान दुर्घटनामा परी सातजना घाइते भएको रोयटर्स समाचार संस्थाले जनाएको छ ।
विमानमा प्यारासुटबाट हाम्फाल्नेहरू सवार रहेको रुसको आकस्मिक मामिला मन्त्रालयले जानकारी दिएको छ । विमानको भग्नावशेषबाट सातजनालाई जिउँदै उद्धार गरिएको थियो ।
विमान दुईवटा इन्जिन भएको छोटो दायराको ट्रान्सपोर्ट एयरक्राफ्ट थियो ।