झापा । मेचीनगर नगरपालिका–१५ स्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय विनोद राउत छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्र १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकलले सडकको साइडमा रोकेर राखेको प्र १–०१–००१ त ९९७७ नम्बरको ट्याक्टरलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक राउत र पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइते भएका थिए ।
टाउको र शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा राउतको मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।