धनुषामा पुरुषको हत्या गरिएको अवस्थामा शव फेला

न्युजलय ३१ असोज २०७८, आइतबार ०६:०३ मा प्रकाशित

जनकपुरधाम । धनुषामा एकजना पुरुषको शव फेला परेको छ। 

जिल्लाको नगराइन नगरपालिका– ५ गंगुलीमा आइतबार(आज) बिहान धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

फेला परेको शव सिरहाको मिर्चैयाका करिब ४० वर्षीय शम्भु पण्डितको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।