काठमाडौं । आज नेप्से ७.३१ अंकले बढेको छ । नेप्सेको परिसूचक २७८१ विन्दुमा पुगे पनि बजार बन्द हुँदा भने २७६५.८८ विन्दु मात्र कायम भएको छ ।
कारोबारमा भने गिरावट आएको छ । सोमबारको तुलनामा करिब २ अर्बले कारोबार घटेको छ।
९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता शेयर मात्र कारोबार भएको छ । १०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।