झिनो अंकले बढ्यो नेप्से परिसूचक

न्युजलय २३ फाल्गुण २०७८, सोमबार ०९:१८ मा प्रकाशित

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । सोमबार(आज) नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४ दशमलव ९३ अंकमा रोकिएको छ । 

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । नेप्से परिसूचक २ दशमलव १४ अंकले बढेयर ४९२ दशमलव २६ अंकमा पुगेको छ ।

नेप्से परिसूचक झिनो अंकले बढे पनि कारोबार रकम भने २ अर्ब ६० करोडमै रोकिएको छ । दिनभर भएका ४० हजार १३० कारोबारबाट ५३ लाख १५ हजार २९२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०३ रुपैयाँमा रोकिएको छ ।