डेंगुबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो

न्युजलय ५ कार्तिक २०७९, शनिवार ०६:२९ मा प्रकाशित

काठमाडौं । डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार हालसम्म डेंगुबाट ५२ जनाको मृत्यु भएको छ। 


गत साउन यता ४३ हजार ६८५ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। डेंगु ७७ जिल्लामै फैलिएको छ। 


प्रभावित १० जिल्लामा क्रमशःकाठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रुपन्देही, धादिङ, काभ्रेपलाञ्चोक र सुर्खेत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।