बढ्यो सुनको भाउ

न्युजलय ४ साउन २०७९, बुधबार ११:५३ मा प्रकाशित

काठमाडौं । पछिल्ला तीन दिनमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । 

साउन १ गते प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज ९४ हजारमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ २०० रुपैयाँले बढेको छ । मंगलबार तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । हिजो प्रतितोला एक हजार १६० रुपयाँमा खरिद–बिक्री भएको चाँदी आज प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोबार भएको छ । 

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।