मेचीनगरमा आगलागीबाट १६ लाख बराबरको क्षति

न्युजलय १७ असार २०८३, बुधबार ०२:२५ मा प्रकाशित

झापा । मेचीनगर नगरपालिका–३ मा गएराति भएको आगलागीमा १६ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट घरका भाँडावर्तन, लत्ताकपडा, अन्न, सुनसहित ५० हजार नगद  जलेको छ । 

पूर्णचन्द्र रिजालको इँटा, काठ र टिनको छानो भएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोले घरसँगै जोडिएको गोठ पनि नष्ट भएको छ । 

मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । आगालागीको कारण खुलेको छैन ।