नोबेल अस्पतालमा ब्रेन एनुरिजमको जटिल सर्जरी सम्पन्न

न्युजलय ५ साउन २०८०, शुक्रबार ०५:५६ मा प्रकाशित

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बिरामीको टाउकोको नसा फुटेको जटिल शल्यक्रिया माइक्रोसर्जरी माध्यमबाट सफलतापूर्वक सम्पन्न  गरिएको छ । 

सर्जरी न्युरो विभागका प्रमुख एवं वरिष्ठ न्युरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । 

शल्यचिकित्सकले बिरामीको  दिमागमा पुग्नको लागि  टाउकोमा सानो प्वाल  बनाउँछ । यसरी माइक्रोस्कोप बाट सर्जरी गर्दा स्नायु, रक्त नली र मस्तिष्कको तन्तुलाई हानी नपुग्ने गरी माइक्रोसर्जरी गर्दा बिरामीलाई समेत छोटो समय अस्पताल बस्नु पर्ने र न्युरो सर्जन लाई पनि काम  गर्न सजिलो हुने गर्दछ  ।

टाउको भित्रको धमनी सुन्निने अवस्थालाई ‘एन्युरिज्म’ भनिन्छ । यस्तो अवस्थामा धमनीहरु फुटेका कारण सामान्यतया बिरामीहरू कोमामा जाने चिकित्सकहरू बताउँछन् ।