शाहरुख खानको ‘जवान’को ट्रेलर सार्वजनिक

न्युजलय १४ भदौ २०८०, बिहिबार ०२:०६ मा प्रकाशित

काठमाडौं । शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’को ट्रेलर सार्वजनिक भएको छ । शाहरुखले सामाजिक सञ्जालमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेका छन् ।

एट्लीद्वारा निर्देशित ‘जवान’को ट्रेलरमा शाहरुखसहित विजय सेतुपति, नयनतारा र दीपिका पादुकोणको झलक देखाइएको छ ।

ट्रेलरमा शाहरुखका दुई रुप देखाइएको छ । नयनतारा प्रहरी अफिसर बनेकी छिन् । यो फिल्म मसालाले भरिएको पूर्ण मनोरञ्जनात्मक हुने देखिन्छ । फिल्म आगामी बिहीबार अर्थात् भदौ २१ गतेबाट प्रदर्शन हुनेछ ।