काठमाडौँ । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा बिहीबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएको थियो । सरस्वतीलाई चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । विपिनकी आमा मोरङमा बस्दै आएकी थिइन् ।
बिरामी भएपछि उनलाई उपचारका लागि विपिनले काठमाडौं ल्याएका थिए ।