घरमै बन्दुक बनाएर बिक्री गरेको आरोपमा लेटाङका लिम्बु पक्राउ

न्युजलय २२ असोज २०८३, बिहिबार ०१:३६ मा प्रकाशित

 विराटनगर । प्रहरीले लेटाङ नगरपालिका–७ वाराङ्गी कोलाघारीका पुर्णबहादुर लिम्बुलाई पक्राउ गरेको छ । उनी घरमै बन्दुक बनाएर आवश्यक पर्ने व्यक्तिलाई बिक्री गर्दै आएका थिए । प्रहरीले यो सूचना प्राप्त गरेपछि उनको घरमा पुगेर खानतलासी गरेको थियो ।

इलाका प्रहरी कार्यालय लेटाङले खानतलासी गर्दा लिम्बुको घरमा बनेको एकथान भरुवा बन्दुक, दबासवाला बन्दुक एकथान, हतियार निर्माण गर्ने आरन, बन्दुकका विभिन्न पार्टपूर्जा प्रहरीले बरामद गरेको छ ।

लिम्बुले घरमै आरन थापेर भरुवा बन्दुक बनाएर बिक्री गर्दै आएको खुलेको छ । प्रहरीले उनलाई थप अनुसन्धान गरिरहेको छ ।