अर्जुनकुमारको ‘घर देश’ सार्वजनिक

न्युजलय १७ असार २०८१, सोमबार ०१:१४ मा प्रकाशित

काठमाडौं । गायक तथा संगीकार अर्जुनकुमारले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘घर देश’ बोलको गीतमा अर्जुनकुमारको स्वर छ । 

गीतमा स्वरसँगै शब्द र संगीत पनि अर्जुनकुमार स्वयंको छ । गीतमा घर छोडेर परदेशिने आम नेपालीको कथा छ । 

वैदेशिक रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई गीतले समेटेको छ । 

गीतको भिडियो भिडियो निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोमा गौरव पहाडी र गीता ढुंगानाको अभिनय छ । 

वैदेशिक रोजगारीमा गएका व्यक्तिको मृृत्युको खबर आउँदा समेत आफन्त झस्किनुपर्ने बाध्यतालाई भिडियोमा कैद गरिएको छ ।