काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्व कप क्रिकेटको उपाधि भारतले जितेको छ ।
दक्षिण अफ्रिकामा भएको फाइनल खेलमा इङ्ल्यान्डलाई सात विकेटले हराउँदै भारतले उपाधि जितेको हो । इङ्ल्यान्डले दिएको ६९ रनको सामान्य लक्ष्य भारतले छ ओभर बाँकी छँदै तीन विकेट गुमाएर भेटायो । भारतका लागि सौम्या तिवारी र गङ्गोदी तृशाले समान २४ रन बनाए । इङ्गल्यान्डकी हाना बेकर, ग्रेस स्क्रिभेन्स र एलेक्सा स्टोनहाउसले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्ड १७ ओभर १ बलमा ६८ रन बनाउँदा अलआउट भयो । भारतकी तितास साधु, अर्चना देवी र पर्शभी चोप्राले २र२ विकेट लिए ।
१९ वर्षमुनिको महिला टी–२० विश्व कप क्रिकेट पहिलो पटक भएको हो ।