सप्तकोसी किनारबाट १६३ केजी गाँजा बरामद

न्युजलय ७ चैत २०८०, बुधबार ०२:५६ मा प्रकाशित

इटहरी । सुनसरीबाट सशस्त्र प्रहरीले १६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको छ ।

मङ्गलबार राति सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोसी नदीको किनारमा डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट खटिएको ६ जनाको गस्ती टोलीलाई देखेपछि गाँजा छाडेर डुङ्गा लिइ फरार भएका प्रहरीले जाएको छ ।

उक्त गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ ।