मेष । धैर्य र पराक्रममा वृद्धि हुनेछ। आफ्नो कामले अरुलाई प्रभावित पार्न सकिनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। बुद्धिको उपयोगले अरुलाई आफ्नो पक्षमा पार्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
वृष । काममा प्रशासक र सहयोगीहरूले साथ दिनेछन्। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
मिथुन । रोकिएको काम सम्पादन हुनेछ भने नयाँ काम पाइने योग छ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
कर्कट । कमजोर अवस्थाले कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। टाढा भएका आफन्तहरू नजिकिन सक्छन्। रोजगारीको लागि दौडधुप धेरै गर्नुपर्ला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
सिंह । कठिन कार्य सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। शत्रुहरू सक्रिय रहनेछन् सचेत रहनुहोस्। यात्राको नयाँ अवसर जुर्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
कन्या । श्रमको उचित मूल्याङ्कन हुनेछ। व्यापार व्यवसायमा राम्रो लाभ उठाउन सकिनेछ। पिताको सहयोगले रोकिएको कार्य सम्पादन हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
तुला । सहयोगीहरूले काममा साथ दिनेछन्। पहिलाको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठनपाठनमा मन लाग्नेछ। कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक । अनावश्यक खर्चमा वृद्धि हुनेछ। समयमा होस् नपुग्नाले चलिरहेको काममा बाधा आउनेछ। वैदेशिक रोजगारीमा हुनेहरूको लागि फाइदा हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
धनु । मेहनतले राम्रो परिणाम प्राप्त हुनेछ। दैनिकी काममा पनि फाइदा हुनेछ। सानो लगानीबाट धन आर्जन गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
मकर । सामाजिक दायित्व बढ्नेछ भने सेवामूलक कामले सफलता दिलाउनेछ। प्रतियोगी वा प्रतिस्पर्धी परीक्षाहरूमा सफलता प्राप्त हुनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ लिन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ । परोपकारको काममा सहभागी भइनेछ। शुभचिन्तकहरूको साथ मिल्नाले चुनौतीहरू सजिलै पन्छ्याउन सकिनेछ। अरुको काममा जुट्नु परे पनि आफैंलाई नै फाइदा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
मीन । कार्यक्षेत्रमा नयाँ कामको अवसर प्राप्त भएतापनि परिस्थितिले अलमल्याउन सक्छ। आफन्तहरूको साथ पाइनाले मनोबल उच्च रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
स्रोत हाम्रोपात्रो